बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प

जेष्ठ ९, २०८२ मा प्रकाशित | 262 views


काठमाडौँ । बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति १ बजेर ४८ मिनेटमा खलङ्गा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राति सुतिरहेको बेला भूकम्पको धक्का महसूस भएपछि स्थानीयबासिन्दा त्रसित हुँदै घरबाहिर निस्केका थिए ।

भूकम्पबाट भएको क्षतिबारे केही जानकारी नआएको र यसबारे बुझ्ने काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web