काठमाडौं,साउन १८ । संसदीय सुनुवाइ विशेष समितिले आजदेखि प्रस्तावित राजदूत र नियोग प्रमुखको सुनुवाइ सुरु गर्ने भएको छ । समितिको हिजो बसेको बैठकले आज सुरुमा प्रस्तावित राजदूत र नियोग प्रमुख विरुद्धका उजुरी वा सूचनाकर्तासँग जानकारी लिएपछि सुनुवाइ सुरु गर्ने निर्णय गरेको छ ।

समिति सदस्य, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठका अनुसार प्रस्तावित २२ जना राजदूत र नियोग प्रमुखमध्ये आज चार जनाको भावी कार्ययोजना तथा सोच जानकारी लिने तय भएको छ । मन्त्रिपरिषदको २०७३ वैशाख ७ गतेको बैठकले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो । उनीहरू मध्ये ८ जना परराष्ट्र सेवामा कार्यरत् छन् भने १४ जनाको पृष्ठभूमि विभिन्न राजनीतिक दलसँग जोडिएको छ ।

17.12¡ÆC