महिला टी-२० विश्वकपको एसिया छनोट पहिलोपटक पार गर्ने लक्ष्यमा नेपाल

बैशाख २५, २०८२ मा प्रकाशित | 246 views


काठमाडौँ । थाइल्याण्डमा शुक्रबारदेखि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट सुरु हुँदैछ । यस छनोटमा सहभागी हुन नेपाली टोली पनि मलेसिया पुगिसकेको छ ।

९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिनेछ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।

लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष ३ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

नेपाली टोलीले थाइल्याण्ड जानुअघि भारतमा अभ्यास खेलहरू खेलेको थियो भने त्यसअघि घर र घरबाहिर एक-एकपटक शृंखलाहरू खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web