तारकेश्वरमा स्वास्थ्य परीक्षण शिविरसँगै परिवार नियोजन सुविधा, सेवाको लाभलिन अध्यक्ष अधिकारीको आग्रह

नुवाकोट । तारकेश्वर गाउँपालिकाले महिलाहरुको प्रजनन स्वास्थ्यसम्बन्धी दिने निःशुल्कस्वास्थ्य परीक्षण शिविर सुरु भएको

गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजना मोरिस्टोप लेडिजकोप्राविधिक सहयोगमा यही वैशाख २३ गते वडा नं को आधारभूत स्वास्थ्य सेवा केन्द्र, मजुवामा आज वैशाख २४ गते वडा नं को गोर्स्याङ स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको हो ।

योसँगै, मंगलबार (हिजो)देखि नै सुरु भएको दिने परिवार नियोजन शिविर पनि वडा नं मासम्पन्न भएको

स्वास्थ्य परीक्षण  शिविरमा ३० वर्षमाथिका महिलाहरूले पाठेघरको क्यान्सर पत्ता लगाउन VIA जाँचसँगै प्रजनन स्वास्थ्य परीक्षण औषधी वितरण, आङ खस्ने ससस्या भएका महिलाको रिङराख्ने उपचार मेडिकल गर्भपन सेवा उपलब्ध रहेको गाउँपालिका अध्यक्ष शिव अधिकारी(अविरल)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार परिवार नियोजन शिविरमा लामो समयसम्म गर्भधारण गर्न नचाहने महिलाहरुलेलामो अवधिको अस्थायी गर्भनिरोधक साधन (आइयुसिडी/इम्प्लान्ट) राख्ने सेवा सो सम्बन्धीपरामर्श सेवा उपलब्ध रहेको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले आज ( बुधबार) वडा नं मा सञ्चालन भएकादुवै शिविरको निरीक्षण गर्नुभयो

अध्यक्ष अधिकारीले यसअघि नै सम्पूर्ण तारकेश्वरवासी महिलाले शिविरमा सहभागी भई भरपूरलाभ लिनुहुन प्रजनन स्वास्थ्यबारे सधैं सचेत रहन आग्रह गर्नुभएको थियो

कोही पनि नछुट्ने गरी सूचना प्रवाह गर्न आवश्यक सहजीकरण गर्न सबै वडाका जनप्रतिनिधिलगायत सम्बद्ध सबैमा अध्यक्ष अधिकारीले आग्रह गर्नुभएको हो ।

बाँकी रहेका शिविरको तालिकाः

वैशाख २५ गते बिहीबारदाङसिङ स्वास्थ्य चौकी, वडा नं. , दाङसिङ (स्वास्थ्य परीक्षण शिविर परिवार नियोजन शिविर)

वैशाख २६ गते शुक्रबारबुधसिंह स्वास्थ्य चौकी, वडा नं. , बुधसिंह (परिवार नियोजन शिविर)

वैशाख २७ गते शनिबारतारुका स्वास्थ्य चौकी, वडा नं. , जोरचौतारा (परिवार नियोजनशिविर)

प्रतिक्रिया

TOP