प्रधानमन्त्री निर्वाचनमा एमालेलाई साथ दिने को–को ?

साउन १८, २०७३ मा प्रकाशित | 658 views

१८ साउन,काठमाडौं ।

व्यवस्थापिका–संसद्को कुनै सदस्यले आफूलाई नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी मंगलबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाउने गरी कार्यतालिका तोकिएको छ । उम्मेदवारले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गराउनुपर्ने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

एमालेले प्रधानमन्त्री निर्वाचनमा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई उम्मेदवार उठाउने तयारी गरेको छ । उपाध्यक्ष वामदेव गौतमले उम्मेदवारीका लागि संसदीय दलको नेता बनाइनुपर्ने सर्त अघि सारेपछि प्रधानमन्त्री केपी ओली नेम्वाङलाई उठाउने निष्कर्षमा पुगेका हुन् । यद्यपि, उम्मेदवारीको औपचारिक टुंगो भने मंगलबार बिहान बस्ने स्थायी समिति बैठकबाट लगाउने एमालेको तयारी छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गौतमलाई तत्काल दलको नेता बनाउने सम्भावना नरहेकाले नेम्वाङ नै पार्टीबाट उम्मेदवार बन्ने स्रोतको दाबी छ ।

पाँच सिटको नेकपा माले, चार सिटको नेमकिपा, तीन सिटको राष्ट्रिय जनमोर्चा, दुई सिटको नेपाल परिवार दल र एक सिटको बहुजन शक्ति पार्टी अहिलेसम्म प्रतिपक्षमा बस्ने देखिएका छन् । दुई सिट रहेको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल र एक–एक सिट भएका खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, मधेस समता पार्टी नेपाल, दलित जनजाति पार्टी नेपाल प्रस्ट रूपमा खुलिसकेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web