प्रदेस अर्थमन्त्री समक्ष तारकेश्वरका अध्यक्ष शिव अधिकारीबाट ८ बुँदे सुझाब पेश

बैशाख २१, २०८२ मा प्रकाशित | 466 views


नुवाकोट । बागमती प्रदेसको आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री कुन्दनराज काफ्लेले प्रदेशभरिका स्थानीय तहका अध्यक्षप्रमुखहरुसँग आगामी बजेटमा समेटिने योजनाहरुबारे छलफल गर्नुभएको

छलफलका क्रममा नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले मन्त्र समक्ष निम्नलिखित विषयहरुमा केन्द्रित रही महत्वपूर्ण ८ बुँदे सुझाबहरु प्रस्तु गर्नुभयो ।

. प्रदेशभरिका सबै स्थानीय तहलाई जिल्ला सदरमुकामसम्म जोड्न बाह्रै महिना निर्वाध रुपमा यातायातसञ्चालन हुने गरी पक्की मोटरबाटो बनाउने

. सबैजसो स्थानीय तहका ग्रामीण क्षेत्रहरुमा अझै पनि खानेपानीको समस्या रहेको हुँदा हरेक स्थानीयतहमा कम्तीमा वर्षमा एउटा खानेपानी आयोजना निर्माण गर्ने गरी बहुवर्षीय कार्यक्रमका रुपमाएकगाउँपालिका एक खानेपानी आयोजनाकार्यक्रम अघि बढाउने

. ग्रामीण क्षेत्रमा रोजगारीमूलक जीवनोपयोगी शिक्षाको विकास गर्नएक गाउँपालिका एकप्राविधिक शिक्षालयकार्यक्रम सञ्चालन गर्ने

. कृषिको दीगो विकासका लागि कृषकहरुले उत्पादन गरेका सामग्रीले उचित बजारमूल्य पाउनेसुनिश्चित गर्न कृषि उपजको बजारीकरण कार्ययोजना अघि बढाउने    

. दुर्गम क्षेत्रका हरेक गाउँटोलमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ३६५ दिन नै सञ्चालन हुने गरीगाउँपालिकाहरुमा घुम्ती स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्ने

. बाढी, पहिरो, आगलागी जस्ता विपद्हरुको असर न्यूनीकरणका लागि पूर्वतयारी, प्रतिकार्य, उद्धारतथा राहत कार्यक्रमलाई छिटो प्रभावकारी रुपमा सञ्चालन गर्न हरेक गाउँपालिकामा विपद् कोष खडागर्ने

. साना, टुक्रे योजनाहरुभन्दा ठुला प्रभावकारी योजनाहरुलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्ने

. स्थानीय क्षेत्रको आवश्यकता, प्राथमिकता योजनाहरुको प्रभावकारिताको यथार्थ मूल्यांकनस्थानीय सरकारले गर्न सक्ने भएकाले व्यक्तिव्यक्तिबाट हुने भनसुन वा सिफारिसभन्दा गाउँ/नगरकार्यपालिकाको निर्णयबाट भएको सिफारिसअनुसार बजेट विनियोजन गर्ने

अध्यक्ष अधिकारीले इतिहासमै पहिलोपटक प्रदेश सरकारले बजेट निर्माण गर्नुअघि सबै स्थानीयसरकारहरुसँग परामर्श गरेर स्थानीय आवश्यकता प्राथमिकताहरुलाई बुझ्ने प्रयत्न गरेको भन्दैमाननीय मन्त्रीज्यू प्रदेश सरकारप्रति हार्दिक आभार प्रकट गर्नुभयो

संघीयताको सबलीकरण दीगो विकासका लागि तीनै तहको सरकारबिचको समन्वय सहकार्यलाईअझै बलियो बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web