
नुवाकोट । विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा नुवाकोट कै पहिलो ‘वेत्रावती जुडो कभर्ड हल’को निर्माण थालिएको छ ।
जापानी नागरिक फुरूया युसुके सहित उहाँको नेतृत्वमा रहेको टिमहरुको आर्थिक सहयोगमा बनाउन थालिएको वेत्रावती जुडो कभर्ड हलको शनिबार विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ, १० नं अध्यक्ष गणेशकुमार नेपाल, त्रिशूली अस्पताल नुवाकोटका सञ्चालक तथा ब्यबस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी सहित सरोकारवालाहरुको उपस्थितीमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिजय गुरुङबाट शिलान्यास गर्नुभयो ।
निर्माण थालिएको कभर्ड हलको शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले जुडो हलको निर्माणको लागी आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

कभर्ड हलसगैँ रहेको सामुदायिक बहुउद्देष्य भवन, शौचालय निर्माणमा नगरपालिकाबाट सहयोग रहेकाले कभर्ड हल निर्माणमा जापानिज नागरिक र स्थानीय खेलाडी सहितको अगुवाईमा जारी रहेको कभर्ड हलमा समेत नगरको तर्फबाट आवश्यक सहयोग रहने उहाँले विश्वास दिलाउनुभयो ।
कभर्ड हलसगैँ रहेको चउरमा हरेक वर्ष माघे सक्रान्तिका दिन गोरु जुधाई प्रतियोगिताको लागी आवश्यक रहेको प्याराफिट नगरपालिका मार्फत निर्माणको लागी आगामी आर्थिक वर्षमा बजेटको श्रोत सुनिश्चित हुने नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।

नुवाकोटमा नै पहिलो कभर्ड हलको रुपमा निर्माण थालिएको ‘वेत्रावती जुडो कभर्ड हल’को लागी स्थानीयबासीको पहलमा जापानिज नागरिकहरुको सहयोगमा अहिले २० लाख रुपैयाँ श्रोत जुटेको छ । यसका साथै २० जना जापानिज विद्यार्थीहरु पनि अबको ३ महिना पछी श्रम सहितको जुडो खेल सिकाउनको लागी आउने उल्लेख छ । जापानको राष्ट्रिय खेल जुडो भएकाले जापानिज नागरिकहरुले प्राविधिक सहयोग उपलब्ध गराउने बताएका छन् ।

बेत्रावती सहित यस आसपासमा जन्मिएका खेलाडीहरु ओलम्पियन, साग, एसियन लगायतका प्रतिस्पर्धामा समेत पुगेकाले पनि निर्माण थालिएको ‘वेत्रावती जुडो कभर्ड हल’ले खेलाडी उत्पादन, उनीहरुको क्षमता बृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्सास लिइएको ‘वेत्रावती जुडो कभर्ड हल’ निर्माण समितिका अध्यक्ष गंगाबहादुर डंगोलले बताउनुभयो ।
पूर्वाधार निर्माणले खेलाडी उत्पादन र क्षमता बृद्धिमा सहयोग पुग्छ : सञ्जिव डंगोल (जुडो खेलाडी):-
28.12¡ÆC