बागमती प्रदेस मुख्यमन्त्री कपको उपाधि एपिएफलाई 

बैशाख २१, २०८२ मा प्रकाशित | 230 views


नुवाकोट ।  ‘बागमती प्रदेस मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता’को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा शनिबार आयोजित फाइनलमा नेपाल पुलिस क्लब (एनपिसी) लाई १–० गोलले हराउदै एपिएफले ‘प्रथम बागमती प्रदेस मुख्यमन्त्री कप’को उपाधि जितेको हो । खेलको दोश्रो हाफको अतिरिक्त ६ मिनेटमा एपिफको लागी निर्णायक गोल अनिता केसीले गर्नुभयो ।


प्रतियोगिताको बिजेता एपिएफलाई नगद रु पाच लाख सहित शिल्ड, मेडल र ट्रफी तथा उपबिजेता एनपिसीलाई नगद रु दुई लाख पचास हजार सहित शिल्ड, मेडल र ट्रफी कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रदान गर्नुभयो ।

उहाँले प्रदेस सरकारको आर्थिक लगानीमा स्थानीय सरकार मार्फत थप बृद्धि गरेर सञ्चालन गरिएका प्रतियोगिता मार्फत खेल क्षेत्रको विकासमा खेलाडीलाई प्रोत्साहन सहित नयाँ खेलाडी उत्पादनमा समेत टेवा पुग्ने भन्दै प्रतियोगिताको आयोजक प्रति प्रशंसा गर्नुभयो ।

नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा यही बैशाख १३ गतेदेखि सुरु भएको प्रतियोगितामा देशका प्रमुख विभिन्न आठवटा क्लबले सहभागिता जनाएका थिए । प्रतियोगिता सञ्चालनमा आर्थिक सहयोग सहित बागमती प्रदेस खेलकुद परिषद् र विदुर नगरपालिका संरक्षक रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web