छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

बैशाख १९, २०८२ मा प्रकाशित | 296 views


काठमाडौँ । सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते बुधवार खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा. अभियान गौतमले छुट भएका बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिनुभयो ।

विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउन सक्नेछन् । नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखाप्रमुख डा. गौतमले छुटेका पाँच प्रतिशत बालबालिकालाई खोजी गरेर खोप लगाउन लागेको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुट भएका आफ्ना सबै बालबालिकालाई तोकिएको दिन नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web