तारकेश्वरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी VIA जाँच शिविर आयोजना

बैशाख १९, २०८२ 2025-05-02 मा प्रकाशित
Published at 2025-05-02

238 views

नुवाकोट । तारकेश्वर गाउँपालिकाले महिलाहरुको प्रजनन स्वास्थ्यसम्बन्धी ३ दिने निःशुल्क स्वास्थ्यपरीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजना र मोरिस्टोप लेडिजको प्राविधिकसहयोगमा यही वैशाख २३ देखि २५ गतेसम्म सञ्चालन हुने घुम्ती शिविरमा ३० वर्षमाथिका महिलाकालागि पाठेघरको क्यान्सर पत्ता लगाउन VIA जाँचसँगै प्रजनन स्वास्थ्य परीक्षण र औषधी वितरण, आङखस्ने ससस्या भएका महिलाको रिङ राख्ने उपचार र मेडिकल गर्भपन सेवा निःशुल्क प्रदान गरिने छ गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार यही वैशाख २३ देखि २७ गतेसम्म ५ दिने परिवार नियोजन सम्बन्धी शिविर समेत सञ्चालन गर्न लागिएको छ ।

शिविरमा लामो समयसम्म गर्भधारण गर्न नचाहने महिलाहरुका लागि लामो अवधिको अस्थायीगर्भनिरोधक साधन (आइयुसिडी/इम्प्लान्ट) राख्ने सेवा र सो सम्बन्धी परामर्श सेवा प्रदान गरिने छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले सम्पूर्ण तारकेश्वरवासी महिलाले शिविरमा सहभागी भईभरपूर लाभ लिनुहुन र प्रजनन स्वास्थ्यबारे सधैं सचेत रहन आग्रह गर्नुभएको छ ।

अध्यक्ष अधिकारीले कोही पनि नछुट्नेगरी सूचना प्रवाह गर्न र आवश्यक सहजीकरण गर्न सबै वडाका जनप्रतिनिधि लगायत सम्बद्ध सबैमाउहाँले आग्रह गर्नुभएको छ । 

यस्तो छ शिविर सञ्चालनको तालिकाः

१. वैशाख २३ गते मंगलबार – आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं ६, मजुवा (स्वास्थ्य परीक्षण शिविर रपरिवार नियोजन शिविर)

२. वैशाख २४ गते बुधबार – गोर्स्याङ स्वास्थ्य चौकी, वडा नं. ५, मानेडाँडा (स्वास्थ्य परीक्षण शिविर रपरिवार नियोजन शिविर)

३. वैशाख २५ गते बिहीबार – दाङसिङ स्वास्थ्य चौकी, वडा नं. १, दाङसिङ (स्वास्थ्य परीक्षण शिविर रपरिवार नियोजन शिविर)

४. वैशाख २६ गते शुक्रबार – बुधसिंह स्वास्थ्य चौकी, वडा नं. ४, बुधसिंह (परिवार नियोजन शिविर)

५. वैशाख २७ गते शनिबार – तारुका स्वास्थ्य चौकी, वडा नं. ३, जोरचौतारा (परिवार नियोजन शिविर)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.