देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

बैशाख १५, २०८२ मा प्रकाशित | 195 views


काठमाडौँ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभरजसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाकोसमेत प्रभावका कारण हिजोदेखि प्रिमनसुन फेरि सक्रिय भएको हो । यसको प्रभाव भोलिसम्म रहने र पानी पर्ने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web