१८ साउन, काठमाडौं ।
गत आर्थिक वर्ष नेपालमा उत्पादित ४ अर्व ७६ करोड रुपिया भन्दा बढिका हस्तकलाका सामान निर्यात भएको छ ।

नेपाल हस्तकला महासङ्घका अनुसार कुल निर्यातको ३० प्रतिशत सामान अमेरिका निर्यात भएको हो ।

अमेरिकामा नेपाली हस्तकलाको माग धेरै भएकोले व्यापार बढि भएको महासङ्घका महानिर्देशक डा गोविन्दप्रसाद पोखरेलले बताउनुभयो ।

महासङ्घबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ ।

नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० सङ्घ रहेका छन् भूकम्प र नाकाबन्दीका कारण आव २०७१/७२ को तुलनामा २०७२/७३ मा निर्यात घटेको महासंघले जनाएको छ ।

22.63¡ÆC