१८ साउन, काठमाडौं ।
आफैंले प्रधानमन्त्री बनाएका केपी ओलीलाई सत्ताबाट हटाएर प्रधानमन्त्री बन्ने कसरतमा लागेका प्रचण्ड काँग्रेसले साथ नछोडेमा भोली भारतीय आशिर्वाद सहित प्रधानमन्त्री बन्ने पक्का छ ।

भारतीय नाकाबन्दीको बिरोध गर्दै ओली सरकारलाई साथ दिंदा जनताबाट वाहवाही कमाएका प्रचण्ड सत्ता लिप्सामा फेरी लाग्दा प्रधानमन्त्री पद पाउन लागेपनि जनताबाट भने व्यापक आलोचनामा परेका छन् ।

भारतसँगको नाटकिय निकटता र भारत परस्त काँग्रेसी नेता र भारतीय आशिर्वादमै हुर्केका कथित मधेशी दलका नेताहरुको सहयोगमा प्रधानमन्त्री बन्न लागेका प्रचण्डले उम्मेदवारी आज दिने पक्का छ ।

हिजो नै राष्टपति कार्यालयले सहमती हुन नसकेपछि बहुमतमा प्रधानमन्त्री छान्न भनेपछि कथित सहमतीको सरकारको नाममा प्रचण्ड गणतन्त्र स्थापनापछि दोस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा लागेका छन् ।

पहिलो पटक नेपाली सेनामाथिको हस्तक्षेप र भारत बिरुद्ध उभिएका प्रचण्डले भारत बिरुद्धको मोर्चामा जनताको साथ पाएपनि यसपटक प्रधानमन्त्री यात्रा र उनको बिना योजनाको सत्ता यात्राले जनता उनिबिरुद्ध आक्रोसित छन् भने उनीमाथि रहेको जनमत समेत गुम्दो अवस्थामा छ ।

यस्तो अवस्थामा फलामको च्युरा चपाए सरहको सत्ता सम्हाल्न कस्सिएका प्रचण्डले जोस र होसमा रहेर राष्टियताको पक्षमा लागेमा ओली सरकारले जस्तै जनताबाट व्यापक साथसँगै नयाँ चिर्वाचनमा जनमत पनी बटुल्ने सुवर्ण मौका पाउनेछन् भने विगतमा जस्तै सत्ता निरन्तरता र भारतीय पक्षपोषणमा लागेर दलिय स्वार्थमा काम गरे प्रचण्ड नेतृत्वको माओवादी मधेशी दलको हविगतमा संसद र नेपाली राजनीतिमा उपस्थितिमा मात्र देखिने आकारमा पुग्ने निश्चित छ ।

यसरी चुनीँदैछ नयाँ प्रधानमन्त्री
प्रधानमन्त्रीको निर्वाचनका लागि यही साउन १९ गते मतदान मिति तोकिएको छ ।

सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि व्यवस्थापिका–संसद्मा अब बहुमतीय प्रक्रिया सुरु हुने भएको हो ।

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट प्रक्रिया अघि बढाउनेसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन १० गते सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दलहरुलाई आह्वान गर्नुभएको थियो ।

तोकीएको अवधिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि आज राष्ट्रपति कार्यलयबाट बहुमतीय प्रक्रिया अघि बढाउन संसद्लाई पत्र पठाउनुभएको हो ।

संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसदमा तत्काल कायम रहेका सदस्यको बहुमतबाट प्रधानमन्त्री चयनका लागि आह्वान भएको हो ।

सभामुखले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्न संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई मुख्य निर्वाचन अधिकृत तोकी निर्देशन दिनुभयो ।

संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गरेको छ ।

जस अनुसार यही आज बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र सोही दिन अपराह्न ४ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

साउन १९ गते बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारीको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णायार्थ प्रस्तुत ९मतदान० गरिनेछ ।

ती सबै कार्यक्रम संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।

संसद् नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति तथा निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो ।

27.12¡ÆC