प्रधानमन्त्रीको निर्वाचन बुधवार,भोलि उम्मेदवारी दर्ता

साउन १७, २०७३ मा प्रकाशित | 832 views

काठमाडौं,साउन १७ । नयाँ प्रधानमन्त्री चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । केपी शर्मा ओलीले राजीनामा दिएपछि रिक्त रहेको पदमा बुधवार ११ बजे निर्वाचन हुने लागेको हो । एमालले पनि उम्मेदवारी दिनेभएपछि चुनाव हुन लागेको हो । सभामुख ओनसरी घर्तीले आजको बैठकमा साउन १९ गते बुधबार संसदमा तत्काल कायम रहेको संख्याको बहुमतबाट प्रधानमन्त्री निर्वाचन गर्न बिहान ११ बजेको समय तोकेकी हुन्।

सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्ताका लागि भोलिको समय तोकेको छ। संविधानमा नयाँ प्रधानमन्त्री निर्वाचनको व्यवस्था छ कि छैन भन्ने विवाद ओली नेतृत्वको सरकारले बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष गरेको सिफारिश संसदले अनुमोदन गरेसँगै अन्त्य भइसकेको छ। राष्ट्रपति विद्या भण्डारीले सात दिन सहमतिको सरकार गठनका लागि दिएको म्याद आइतबार सकिएपछि आज बहुमतबाट प्रधानमन्त्री चुन्न आह्वान गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web