काठमाडौं,साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी छन् । सात दिनको समयसीमा भित्र दलहरुबीच सहमति नजुटेकाले संविधानको धारा २९८ को ३ अनुसार राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

अब संसद सचिवालयले निर्वाचन प्रक्रियाको कार्यतालिका तयार पार्ने र आजै बस्ने संसद बैठकमा पेश गर्ने छ । सोमबार दिउँसो ३ बजे बस्ने ब्यवस्थापिका संसदको बैठकमा बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाएपछि निर्वाचन सम्बन्धि कार्यक्रम तय गरिने संसद सचिवालयले जनाएको छ ।

27.12¡ÆC