रसुवा, साउन १७ । स्थानीय निकाय पुनरसंरचना सिमांकनको विषयमा विवाद भएपछि शनिबार नेताहरुमाथि गरिएको आक्रमणमा मुख्य नेतृत्वकर्ता मानिएका धुन्चेका एक जनालाई आज बिहान प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुन्चे गाविस वडा नं ८ का बर्ष ३५ का छिरिङ ग्याल्बो घले रहेको प्रहरी नायब उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभएको छ । घलेलाई पक्राउ गरिएको बिरोधमा धुन्चेबासिहरुले यातायातका साधन, बजार पसल बन्द गर्दै सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन ।

उशृङखल गतिबिधि हुन नदिन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि ठुलो संख्यामा परिचालन गरिएको छ । शान्ति पुर्ण आन्दोलन गर्ने अधिकार जनतामा भएको र शान्ति स्थितलाई खलबल पुर्याउने काम भएमा कानुन बमोजिम कारबाहि गरिने प्रहरी नायब उपरिक्षक फडिन्द्र प्रसाईले बताउनुभएको छ ।

27.12¡ÆC