
नुवाकोट । विदुर नगरपालिकाले सञ्चालन गरेको कक्षा ५ र ८ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक हुने भएको छ ।
नगरपालिकाले लिएको पालिकास्तरीय परीक्षाको नतिजा पनि पालिका मार्फत गरिने भएकाले शुक्रबार अपरान्ह १२ बजे प्रकाशन गर्न लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार परीक्षा सञ्चालन समितिको आवश्यक बैठक बसेर शुक्रबार नतिजा सार्वजनिक गर्नको लागी तयारी गर्न भनिएको छ ।
पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले जानकारी दिनुभयो । विदुर नगरपालिकाले गएको वर्ष कक्षा ८ को परीक्षा पालिकास्तरीय सञ्चालन गरेको थियो भने यो वर्ष कक्षा ५ र ८ लाई पालिकास्तरीय सञ्चालन गरेको छ ।
पालिकास्तरीय परीक्षा सञ्चालनले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि, उनीहरुलाई परीक्षा प्रणाली प्रति रहेको त्रासको अन्त्य गर्दै परीक्षालाई सहज वातावरणमा दिने आत्मविश्वास बृद्धिको लागी पालिकास्तरीय परीक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
कक्षा ८ को विद्यार्थीलाई अर्को विद्यालयमा केन्द्र तोकेर परीक्षा दिन लगाइएको थियो भने कक्षा ५ लाई केन्द्राध्यक्ष अर्को विद्यालयबाट पठाई सम्बन्धित विद्यालयमा नै सञ्चालन गरिएको थियो ।
24.12¡ÆC