
नुवाकोट । नेपाल एकीकरण अभियान अन्तरगत नुवाकोटको एकीकरणको समयमा पृथ्वीनारायण शाहको सैनिक फौजले प्रयोग गर्न निर्माण गरेको भनिएको नुवाकोटको ऐतिहासिक एंव सामरिक महत्वको बारुद घरको संरक्षण, सम्बर्द्धन एंव पुर्ननिर्माणमा विदुर नगरपालिकाले चासो दिएको छ ।
नगरप्रमुख राजन श्रेष्ठले लामो समयसम्म नेपाली सेनाको लागी बारुद उत्पादन गरिएको भवन जीर्ण भएसगैँ यसको संरक्षणमा चासो देखाउनुभएको हो । उहाँले बारुद घरले चर्चिएको जग्गाको नाप जाँच गर्ने कार्यसुरु गर्दै उक्त संरचना निर्माणमा नेपाली सेना र पुरातत्व विभागसंगको सहकार्यमा अघि बढाउन प्रयास अघि बढाएको जानकारी दिनुभयो ।
जग्गा नापजाचको काम सम्पन्न भइसकेकाले जग्गाको क्षेत्रफल एकीन भएसगैँ नेपाली सैनिकले बनाएको भवन, सैनिकको लागी आवश्यक बारुद उत्पादन गरेको र विगत लामो समयसम्म सैनिक फौजले नै उक्त भवन प्रयोग गरेको हुदाँ नेपाली सेनासंग सहकार्य गरेर बारुद घरको पुर्ननिर्माण गर्ने नगरप्रमुख श्रेष्ठको योजना छ ।
यस्तै, यस भवन ऐतिहासिक एंव पुरातात्विक स्वरुपमा निर्माण भएको हुदाँ पुरातत्व विभागको समेत पुर्ननिर्माणमा जिम्मेवारी हुने गर्दछ । सोही कारण नेपाली सेना र पुरातत्व विभाग दुवै निकायसंग भवन निर्माणको लागी कोसिस भइरहेको विदुरका नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

विदुर नगरपालिकावडा नं २ स्थित तीनधारा, सिता पोखरी लगायतको ऐतिहासिक स्थान नजिकै पर्ने बारुद घर नेपाली सैनिक फौजलाई आवश्यक पर्ने बारुद उत्पादनको लागी पृथ्वीनारायण शाहले निर्माण गरेको भन्ने तथ्य पाइन्छ ।
उक्त घरमा निर्माण गरेको बारुद नेपाल एकीकरण र त्यस पश्चातको क्रममा नेपाली सेनाले प्रयोग गर्ने गरेको थियो । यस बारुद घरलाई नेपालकै पहिलो बारुद उत्पादन गर्ने केन्द्रको रुपमा लिइन्छ । यहीँ उत्पादन भएको बारुद भैरवी वर्ष बन्धन अन्तरगत लाग्ने सिन्दुरे जात्रामा बन्दुक पड्काउन चाहिने बारुद उपलब्ध गराउने गरिएको यस क्षेत्रको ईतिहासका जानकार, स्थानीयबासी एव शिक्षक रामहरि आचार्यले जानकारी दिनुभयो ।

उहाँको अनुसार बारुद घर निर्माण स्थल भौगोलिक रुपमा मानववस्तीबाट केही दुरमा रहेकाले सुरक्षित क्षेत्र मानिन्छ भने नजिकै पर्ने तीनधारा, कुवा लगायतका पानीको श्रोत प्रशस्त भएकाले तत्कालीन समयमा निकै बुद्धिमतापूर्वक बारुद घरको निर्माण गरिएकाले यसको संरक्षण एंव सम्र्बद्धनको लागी सम्बन्धित निकाय विशेष गरेर नेपाली सेनाको ध्यान जानुपर्ने उहाँको भनाई छ ।
यस घरमा बारुद निर्माण गर्न कहिलेबाट छाडिएको एकीन प्रमाण छैन । तर, नुवाकोटको सदरमुकाम रहदा विसं २०२८ सालसम्म पनि यस भवन नेपाली सैनिकहरुले उपयोग गर्दै आइरहेका थिए । जिल्ला सदरमुकाम विदुरमा सरेपछि सैनिक फौजले उक्त घर छाडेर विदुर झरे । त्यसपछी ऐतिहासिक बारुद घर थप जीर्ण र खण्डहर बन्दै गएको स्थानीयबासी यज्ञराज केसी (खरेल)ले चित्त दुखाए ।
उक्त भवन निर्माणको लागी विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले देखाएको चासोले उहाँ उत्साहित हुनुभएको छ । लामो समयदेखि खण्डहर भएको भवनमा कोही कसैले केही पनि पहल नगरेको अबस्थामा अहिलेका नगरप्रमुखले जग्गा नाप जाँच सुरु गर्नु, जिल्ला स्थित सैनिका निकायका प्रमुखहरुलाई स्थलगत रुपमा नै देखाई ध्यानाकर्षण गराउन, नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनिला पौडेल मार्फत पुरातत्व विभागसंग मौलिकपन कायम राखेर भवनको संरचना निर्माणको लागी प्रयास गरेसगैँ स्थानीयबासी उत्साहित भएको हो ।

ऐतिहासिक बारुद घर प्राचिन इट्टाको गाह्रो लगाएर बनेको तीन तले रहेको अहिलेको जीर्ण संरचनाबाट अनुमान लगाउन सकिन्छ । उक्त घरको लम्बाईतर्फको एकतर्फी पूरै क्षति पुगेको छ भने एकतर्फी केही गाह्रो बाँकी रहेको छ । चौडाई तर्फको गाह्रो क्षतिग्रस्त अबस्थामा भएपनि दुवै पट्टी ठडिएको छ ।

उक्त घर परिसरमा गणेश मन्दिर र शिवलिङ्ग रहेको छ ।

ऐतिहासिक एंव प्रसिद्ध रहेको गणेश मन्दिर र शिवलिङ्गको संरक्षणमा पनि ध्यान दिनुपर्ने देखिएको छ भने बारुद घरमा विगतदेखि नै दशैमा जमरा राख्ने गरिएको परम्परा र धार्मिक प्रचलन रहेको छ । बारुद घर जीर्ण भएसगैँ अहिले जमरा पनि भवनको जीण गाह्रोको आडैमा बाहिर पट्टी राख्ने गरिएको छ ।

उक्त घर परिसरमा ठूलो खल छ । जहाँ बारुद भर्नको लागी प्रयोग हुने गरेको थियो । उक्त खल पनि र्जीण र संरक्षणको पखाईमा छ ।

विगतमा नेपाल एकीकरणको लागी आवश्यक पर्ने र पछि सैनिक फौजले प्रयोग गर्ने बारुद निर्माण गरिएको यस घरअहिले आवश्यक नहोला तर, नेपालको ईतिहासको अध्ययन गर्न, नेपाली सैनिकले आफ्नो ईतिहास जोगाउन, आफूले प्रयोग गर्ने सामाग्रिको उत्पादनका सम्बन्धमा जानकारी लिएर संरक्षण गर्न, बारुद भर्ने खल लगायतका संरचनालाई जगेर्ना गर्दै सङ्ग्रहालयको रुपमा संरक्षणको लागी ध्यान जानुपर्ने देखिन्छ ।


बारुद घर नजिकै पर्ने धारा र कुवा :


15.75¡ÆC