सिन्दुरे जात्राको अवसरमा सयुक्त रुपमा धार्मिक शक्तिपीठमा सरसफाई (फोटो फिचर)

चैत्र २७, २०८१ मा प्रकाशित | 326 views


नुवाकोट । ऐतिहासिक सिन्दुरे जात्रा भैरवी वर्षबन्धनको अवसरमा नुवाकोटको युवा क्बलको आयोजनामा नुवाकोट स्थित धार्मिक एंव साँस्कृतिक शक्तिपीठ क्षेत्रको सरसफाई गरिएको छ ।

युवा क्लबलको आयोजनामा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ सहित वडा नं नं २ का अध्यक्ष दिपक कायस्थ, श्री नं १ सैन्य तालिम केन्द्र मैथली र शेर गण नुवाकोटको प्रमुख सेनानीहरु सहितको नेपाली सेना, सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट खटिएका सशस्त्र प्रहरी बल सहित स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाहरुको उपस्थितीमा सरसफाई गरिएको हो ।

सयुक्त रुपमा तीनसय भन्दा बढीको सङ्ख्यामा परिचालन भई ऐतिहासिक भैरवीदेवी मन्दिर, बुढी देवताको मन्दिर (थान), नुवाकोट दरबार क्षेत्र, टुडीखेल, इन्द्रचोक, तुलजा भवानीको मन्दिर परिसर लगायतको क्षेत्रमा सरसफाई गरिएको हो ।

विदुरका नगरप्रमुख राजन श्रेष्ठले सरसफाईले समाजको सभ्यताको पहिचान, जात्राको समयमा जात्रा सञ्चालन हुने क्षेत्रको आकर्षण एंव जात्रामा जिवित भगवानको रुपमा रहनुभएका धामी सहित रथयात्रा सञ्चालन गर्न सहज बनाउनको लागी सरसफाई गरिएको जानकारी दिनुभयो ।

अहिले गरिएको सरसफाईलाई आगामी दिनमा चुस्त बनाईराख्न र नियमित सरसफाईमा जुट्न नुवाकोट युवा क्लब र स्थानीय समुदायलाई अपिल गर्नुभयो ।

भैरवी वर्षबन्धन अन्तरगत यस वर्षको सिन्दुरे जात्रा अन्तरगत २९ गते साँझ बुढी देवताको थान र ३० गते बिहान भैरवीदेवी मन्दिरमा लिङ्गो उठाइदै छ ।

३० गते राती देवीघाट स्थित जालपादेवी मन्दिरमा भैरवी रथ यात्रा सहित धामी प्रस्थान गर्नुहुनेछ भने १ गते भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिर अगाडी सिन्दुर खेलेर सिन्दुरे जात्रा मनाउन लागएको छ ।

सरसफाई गतिविधिसंग सम्बन्धित थप तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web