नेपाल सुपर लिग फुटबलमा चितवन र झापा बराबरी खेले

चैत्र २५, २०८१ मा प्रकाशित | 212 views


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवन र झापा एफसीले बराबरी खेलेर अङ्क बाडेका छन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अङ्क पुर्‍याएको छ ।

झापाले भने समान खेलबाट तीन अङ्क पुर्‍याएको छ । झापा एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिन सफल भएको छ । झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाण्डौ रेजर्ससँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web