
विदुर । नेपाल लोकतान्त्रिक खेलकुद जिल्ला कार्यसमिति नुवाकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
बुधबार विदुर स्थित नेपाली काङ्ग्रेसको पार्टी कर्यालय विदुरमा सम्पन्न भेलाले अध्यक्षमा अनिल राज शाक्यलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा शक्ति वाईवा र आकृति तामाङ , सचिव श्रीकृष्ण आचार्य , सहसचिव राजु तामाङ र कोषाध्यक्षमा किशोर अर्याल चयन हुनुभयो ।

सदस्यहरु पनि सवर्सम्मत चयन भएको काङ्ग्रेस नुवाकोटको खेलकुद विभागका संयोजक तथा जिल्ला सदस्य दुर्गाराज पाठकले जानकारी दिनुभयो ।

निर्विरोध निर्वाचित कार्यसमितिलाई काङ्ग्रेस सभापति रमेशकुमार महतले बधाई दिदै जिम्मेवारी सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा उपसभापति राजु थापा, जिल्ला खेलकुद विकास समितिको अध्यक्ष बिजय गुरुङ लगायतको उपस्थितिमा नेपाल लोकतान्त्रिक खेलकुद जिल्ला कार्यसमिति नुवाकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

27.12¡ÆC