नुवाकोट । नेकपा एमाले नुवाकोटले सोमबार त्रिशूली बजारमा आयोजना गरेको जागरणसभालाई पाटीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री युवराज ज्ञवालीले सम्बोधन गर्नुहुने भएको छ ।
एमाले नुवाकोटले आज पाटी कार्यालय विदुरमा पत्रकारहरुसंगको भेटमा अध्यक्ष बद्री मैनालीले दिएको जानकारी अनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आयोजित जागरणसभामा जिल्लाभरबाट सहभागी हुने पाटी कार्यकर्ता तथा समर्थक सुभेच्छुकलाई पाटीका उपाध्यक्ष ज्ञवाली सहित नेकपा एमालेका नुवाकोटका नेताहरु केशवराज पाण्डे, बिन्दा ढुङ्गाना लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा जिल्लाभरका पालिकामा रहेका पाटीको कार्यकर्ता सहित विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागिता रहने उपाध्यक्ष राजेन्द्ररमण खनालले जानकारी दिनुभयो ।
जिल्लाको दुई स्थान हात्तिगौडा चोक र बट्टारमा भेला भएर त्याहाँबाट र्याली सहित कार्यक्रम स्थल त्रिशूली बजारमा एकीकृत हुने तालिका मिलाइएको छ ।
एमाले नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको नेतृत्वमा विदुर नगरपालिकाको वडा नं २,३,४,५,६ र १२ सहित बेलकोटगढी नगरपालिका, लिखु, सूर्यगढी, तादी, दुप्चेश्वर, पञ्चकन्या, शिवपुरी, ककनी, तारकेश्वर गाँउपालिका, नुवाकोट काठमाडौ सम्पर्क मञ्चमा आबद्ध भएकाहरु बट्टार बजारमा भेला भएर र्याली सहित जागरण सभा हुने स्थान त्रिशूलीमा करीब १२ बजे पुग्ने कार्यक्रम रहेको छ ।
यस्तै, नेकपा एमाले नुवाकोटको उपसचिव राजेन्द्रप्रकाश पाण्डेको नेतृत्वमा विदुर नगरपालिकाको ७, ८, ९ र १३ नं सहित जिल्लाको म्यागङ र किस्पाङ गाँउपालिकाबाट सहभागी हुनेहरु हात्तिगौडा चोकमा भेला भएर त्यहाँबाट र्याली सहित कार्यक्रम स्थलसम्म आउने गरेर र्यालीको तालिका मिलाइएको छ । एमाले पाटी सचिव शिव चित्रकारको अनुसार विदुर नगरपालिकाको वडा नं १, १० र ११ बा आउनेलाई सिधै कार्यक्रम स्थलसम्म सहभागी हुन भनिएको छ ।
नेकपा एमालेले नुवाकोट सहित देशभरका जिल्लाहरुमा गणतन्त्रको पक्षमा सन्देश फैलाउनको लागी जागरण सभा आयोजना गर्ने र ती कार्यक्रमहरुमा केन्द्रीयस्तरका नेताहरुले सम्बोधन गर्ने जनाएको छ ।
पार्टी केन्द्रको सर्कुलर अनु्सार चैत १८ गते नुवाकोटको त्रिशूली बजार सहित देशभरका जिल्लाहरुमा हुने जागरणसभामा जनतामा आएका निराशालाई चिर्ने र गणतन्त्रका विषयमा सचेतना फैलाउन कार्यक्रम गर्न लागेको जनाएको छ ।
पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था, देशको शासन सञ्चालन, राजनीतिक दलीय प्रणाली प्रति जनतामा नैराश्यकताको भ्रम फैलाउने, राजसँस्थाको पक्षमा सन्देश फैलाउने गतिविधि बढेको भन्दै नेकपा एमालेले गणतन्त्रको पक्षमा सचेतना फैलाउन जागरण सभा सञ्चालन गर्न लागेको जनाएको छ ।