गङ्गालाल अस्पतालमा १५ वर्षमुनिका विपन्न बालबालिकाको उपचार निःशुल्क

चैत्र १३, २०८१ मा प्रकाशित | 344 views


काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्षमुनिका विपन्न बालबालिकाको मुटुरोगको निःशुल्क उपचार हुने भएको छ ।

सञ्चालक समिति अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बैठकमा शहीद गङ्गालालमा आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्नुभएको अस्पतालका कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिनुभयो ।

अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटुरोग उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार रुपैयाँ सहायता दिँदै आइरहेको छ । उपचार लिनेको सङ्ख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न पालिकासँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सञ्चालक समिति सदस्य दीपकराज सापकोटालाई जिम्मेवारी तोकेको छ ।

नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web