प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको लगातार दोस्रो जीत

फाल्गुन २८, २०८१ मा प्रकाशित | 307 views


काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएकाे छ ।

सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले १ सय ५७ बलअघि नै २ विकेट गुमाएर भेटायो । आर्मीका सन्तोष कार्कीले नटआउट ५५ रन बनाए । सुदूरपश्चिमका शेर मल्ल र मिलन बोहराले १/१ विकेट लिए ।

यसअघि रुपन्देहीको सिद्धार्थनगर रङ्गशालामा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४५ ओभर ३ बलमा १ सय १७ रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका निश्चल क्षेत्रीले सबैभन्दा धेरै नटआउट ४९ रन बनाए । आर्मीका शाहब आलमले ४ विकेट लिए ।

प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जीत हो भने सुदूरपश्चिमको ३ खेलमा दोस्रो हार हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web