काठमाडौं। ‘वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता’को पहिलो खेलमा नेपाल पराजित भएको छ ।
शनिबार भएको पहिलो खेलमा नामिबियासँग नेपाल डकवर्थ लुइस (डिएलएस) मा ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको ९३ को लक्ष्य पछ्याएको नामिबियाले १४.५ ओभरमा चार विकेट गुमाउँदै ७१ रन बनाएको थियो। तर, वर्षा नरोकिएपछि डिएलएसमा नामिबिया विजयी भयो ।
नामिबियाकी मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाइन् । ३५ बलमा उनले तीन चौका प्रहार गरिन्।
जुरियन डियर्गाड्र्ट नटआउट १३ रन बनाउँदा राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका पूजा महतो, कविता जैशी, इन्दु बर्मार ईश्वरी विष्टले समान एक विकेट लिएका थिए।
त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९२ रनबनाएको थियो । नेपालका लागि ओपनर सम्झना खड्काले ११ बलमा सर्वाधिक १८ रन जोडिन् । सम्झनाले ४ चौकाप्रहार गरिन् । कविता जोशले ३१ बलमा १ चौकाको सहयोगमा १६ रन बनाइन् । पुजा महतोले २० बलमा १३ रन जोडिन्।
इश्वरी बिष्ट १४ बलमा २ चौकाको सहयोगमा १७ रनमा नट आउट रहिन् । नामिबियाका लागि मिकेली मावातेली रविकि मावातेलीले समान ३ तथा काइलेन ग्रिनले २ विकेट लिइन् । सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया रहङकङको सहभागिता छ ।
सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबिच फाइनलहुनेछ ।
22.2¡ÆC