नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ रामती बजारमा विशेषज्ञ चिकित्सक, उच्चस्तरीय प्राविधिमा बिरामी जाँच एंव परीक्षण सहित निःशुल्क औषधि वितरणमा ६७० जनाले सेवा लिएका छन् । तीन दिने स्वास्थ्य शिविरमा ६७० जना स्थानीय नागरिकले आफ्नो विभिन्न रोगसंग सम्बन्धित स्वास्थ्य जाँच एंव परीक्षण गराई निःशुल्क औषधि लिएको हो ।

ड्रिम पाथ फाउण्डेशन नेपालको आयोजनामा सञ्चालन गरिएको शिविरमा त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामा सहित विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्वास्थ्यकर्मी मार्फत बिरामीको जाँच एंव परीक्षण, स–साना प्रकृतिका शल्यक्रिया, रगत जाँच, भिडियो एक्सरे लगायतका सेवाहरु उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य जाँच तथा परीक्षण मार्फत दुप्चेश्वरबासीलाई सेवा दिइएको थियो ।

आयोजक ड्रिम पाथ फाउण्डेशन नेपालका प्रतिनिधि दामोदर प्याकुरेलको अनुसार शिविरमा स्त्रीरोग सम्बन्धिको सम्पूण सेवाहरु, ल्याब सम्बन्धिका सेवाहरु, जलरल सेवाहरु, दन्त परीक्षण, रेडियोलोजिष्ट, नाक कान र घाटी सम्बन्धिको सेवाहरु, पत्थरी, हाइड्रोसिल, हर्निया, गाठागुठीको शल्यक्रिया सेवा, बालरोग सम्बन्धिको सम्पूर्ण जाँच हुने र चिकित्सको सिफारिसमा निःशुल्क औषधि समेत उपलब्ध गराइएको थियो ।

शिविरमा पहिलो र दोश्रो दिनमा ३५० जना बिरामीबाट विभिन्न रोग सम्बन्धि स्वास्थ्य जाँच एंव परीक्षण गराई औषधि लिएका थिए भने आइतबार एकै दिन ३२० भन्दा बढीले स्वास्थ्य जाँच गराएको हो ।

ग्रामीण क्षेत्रमा सुविधायुक्त सेवा उपलब्ध भएकाले यसबाट यहाँका बिरामीहरुले प्रयाप्त लाभ पाएको दुप्चेश्वर गाँउपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभयो । शिविर सञ्चालन र सेवा प्रवाहका सम्बन्धमा शनिबार गाँउपालिका अध्यक्ष थापा, उपाध्यक्ष माकुरी तामाङ, त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी लगायतबाट स्थलगत अवलोकन गर्दै शिविर सञ्चालनको व्यवस्थापनलाई सरल र प्रभावकारी बनाउन सहजिकरण गर्नुभयो ।
शिविर मार्फत रामती बजार आसपास सहित विशेष गरेर दुप्चेश्वर गाँउपालिकाको सम्पूर्ण वडाका बासिन्दालाई स्वास्थ्य उपचार, निःशुल्क औषधि, स्वास्थ्य परामर्श एंव थप उपचार आवश्यक भएमा त्यसको लागी त्रिशूली अस्पतालमा सम्पर्क गर्नको लागी अनुरोध गरिएको त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले अनुरोध गर्नुभयो ।

शिविरले ग्रामीण क्षेत्रको नागरिकहरुमा स्वास्थ्य सजगता बृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको भन्दै आगामी दिनमा अस्पतालबाट समेत दुप्चेश्वर पालिकामा स्वास्थ्य शिविर आयोजना गर्न उत्साह जगाएको उहाँको भनाई छ ।

शिविर सञ्चालनको लागी कर्पोरेशन सोसाइटी नेपाल, दुप्चेश्वर स्काउट, दुप्चेश्वर युवा क्लब, शिविर सञ्चालन भइरहेको दुप्चेश्वर मावि लगायतले सहआयोजक तथा सहयोगीको रुपमा सेवा पुराएको थियो ।

रामती बजार स्थित दुप्चेश्वर माध्यमिक विद्यालयमा शुक्रबार सुरु भएको तीनदिने शिविर आइतबार सम्पन्न भएको हो ।
22.12¡ÆC