भाटभटेनी ब्रान्ड एम्बेसडरमा शिरिष

साउन १३, २०७३ मा प्रकाशित | 1070 views

काठमाडौं,साउन १३ । नेपालको विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गर्दै नागरिकलाई आवश्यक दैनिक, लत्ताकपडा लगायत अन्य आवश्यकिय सामान एकै थलोबाट उपलब्ध गराउंदै आएको व्यापारिक संस्था भाटभटेनी सुपरमार्केटले पौडीका चम्किला तारा शिरिष गुरुङ्गलाई एक बर्षको लागि आफ्नो ब्रान्ड एम्बेसडरको रुपमा चयन गरेको छ ।

बिहिबार एक समारोहविच भाटभटेनीका तर्फबाट प्रवन्ध निर्देशक मिनबहादुर गुरुङ्ग र १७ बर्षिय खेलाडी गुरुङ्गविच एक सम्झौता पत्रमा हस्ताक्षर भयो । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको रोहवरमा भएको सम्झौता पत्र अनुुसार शिरिषले एक बर्षको लागि भाटभटेनी सुपर मार्केटको बिज्ञापनमा खेल्नु पर्ने, व्यापार प्रवार्धनको कार्यक्रममा सहभागी हुनु पर्ने र त्यस वापत सुपर मार्केटले मासिक १ लाख प्रदान गर्ने, शिरिषले सहभागिता जनाउने सवै प्रतियोगिताको लागि खेल पोशाक दिने र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उक्त पोशाक प्रयोग गर्नु पर्ने एवं प्रत्येक राष्ट्रिय किर्तिमानमा रु. १० हजार प्रदान गर्ने जनाईएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात खेलाडी शिरिषले आफुले पौडी खेल्न थालेको १३ बर्ष पुगेको अवसर पारेर व्यापारिक ठुलो अर्गनाईजेशन संग सम्वन्ध गाँस्न पाएकोमा निकै खुशी भएको भन्दै यसले आगामी दिनमा अझ बढि खेलमा समर्पित हुने र उत्कृष्ट नतिजा प्राप्त गर्न प्रेरणा मिलेको बताए । गुरुङ्गले आफ्नो खेल जीवनमा आफ्ना र अन्यका नामका समेत गरि ४५ पटक राष्ट्रिय रेकर्ड कायम गर्न सफल भई सकेका छन् । आफ्ना प्रशिक्षक वाङ्गदेन लामाको समेत रेकर्ड तोड्न सफल गुरुङ्गको नाममा हाल व्यक्तिगत १२ र दुई रिलेमा गरि १४ रेकर्ड रहेको छ ।

यस्तै प्रवन्ध निर्देशक मिनबहादुर गुरुङ्गले सानो ब्यापारबाट सुरु गरेको व्यवसाय आज ५, ६ हजारको जीविको पार्जनको थलो भएको भन्दै व्यापार मात्र नभई सामाजिक सेवामा समेत आफुलाई सकृय गर्दै आएकोमा अव खेलकुद क्षेत्रमा समेत सहयोगी बन्न पुगेको बताए । उनले यस्ता सहयोगले आगामी दिनमा खेलाडी उत्थानमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले यस सम्झौता पत्र हस्ताक्षर कार्यक्रम खेल जगतको लागि खुशीको क्षण भएको भन्दै प्राईभेट सेक्टरको लगानीलाई खेल क्षेत्रमा भित्राउन सकेमा यस क्षेत्रको विकास हुने बताए । उनले यस कार्यक्रमले अन्य ठुला कर्पोरेट संस्थाहरुलाई पनि खेल क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेमा आफु बिश्वस्त रहेको बताए ।
नेपाल पौडी संघका अध्यक्ष बज्राचार्यले धन्यबाद ज्ञापन गर्दै यस सम्झौता पत्रले खेल क्षेत्रमा सुखद कार्यको सुरुवात भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web