मैत्रीपुर्ण भलिवल: नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन

साउन १३, २०७३ मा प्रकाशित | 817 views

काठमाडौं, साउन १३ । नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्ड हलमा भारतले नेपाललाई २५–२०, २५–१९ र २७–२५ सोझो सेटमा  हरायो । घरेलु मैदानमा नेपालले अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा अन्तिम सेटमा भारतलाई दबाबमा राखेको थियो । खेल २२–२२ को बराबरी भएको बेला प्रतिभा मालीको लगातार दुई स्पाइएकले २ अंक जोडे पछि  नेपाल २४–२२ को अवस्थामा चुके पछि नेपाल ३–० को सोझो सेटमा हारेको थियो ।

कप्तान एवम सेटर बिनिता बुढाथोकीले अन्तिममा खेल नियन्त्रणमा राख्न नसकेको बताईन । उनले भनिन, ‘मैले अन्तिम समयमा प्रतिभालाई स्पाइक नदिने निर्णय गरे । किनकी प्रतिभालाई ब्लक आइरहेको छ । तर त्यो निर्णय गलत सावित भयो ।’ खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभाले  सर्वाधिक २६ स्कोर गरिन । उनी खेलकै सर्वाधिक स्कोर गर्ने खेलाडी हुन । र नेपालको तर्फबाट दोस्रो सर्वाधिक स्कोर गर्ने खेलाडी अरुणा शाही बनिन । उनले ७ स्कोर, सरस्वती चौधरीले ६ स्कोर गरिन ।

नेपाली टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले घरेलु टोलीमा आफनो टोलीमा उत्कृष्ट प्रदर्शन गरेको बताए  । उनले भने, हामीले आफनो स्तर अनुुसार राम्रो खेलेको हौ । उनीहरुको जम्प रिच र स्पाइक राम्रो थियो । अनुभवमा मेरो टोली कमजोर छ ।’ भारतीय महिला टोलीकी प्र्रशिक्षक बैशाली फडतरेले नेपालले आज राम्रो खेल खेलेको बताइन । उनले भनिन, ‘ विगतको भन्दा उनीहरुले राम्रो खेलेको हुन । मेरो विचारमा उनीहरुले अझ सुधार गर्न सक्छन । उनीहरुमा अनुभवको कमी छ । आजको खेलमा नेपालको डिफेन्स र ब्लक कमजोर थियो ।’

मैत्रीपूर्ण खेलको राखेप सदस्य सचिव केशब कुमार विष्टले उद्घाटन गरे ।  भलिबललाई राष्ट्रिय खेल बनाउनु पर्ने मेरो ब्यक्तिगत धारणा छ, नेपालको प्रत्येक भू–भागमा खेलिने नेपालीको लोकप्रिय खेल भलिबल हो, उद्घाटनका अवसरमा सदस्य–सचिव बिष्टले भने ।  भोली २ः३० बजे अन्तिम खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web