राससकर्मी भेटुवाललाई ‘शिक्षा पत्रकार सम्मान’ प्रदान

फाल्गुन १७, २०८१ मा प्रकाशित | 315 views


काठमाडौ । टोखा नगरपालिका–८ गोंगबुमा रहेको पारामाउण्ट एकेडेमी/पि.ए.कलेजले राष्ट्रिय समाचार समिति (रासस)को तस्बिर तथा श्रव्यदृष्य बिधामा कार्यरत नुवाकोटको शिवपुरी गाँउपालिका–६ का पत्रकार हरिराम भेटुवाललाई ‘शिक्षा पत्रकार सम्मान-२०८१’ ले सम्मान गरेको छ ।

रासस सहित विभिन्न सञ्चारमाध्यममा कार्यरत रहनुभएका भेटुवालर्लाइ कलेजको २१औँ बार्षिकोत्सवको अवसर बनाई नगद राशी सहित शिक्षा पत्रकार सम्मान अर्पण गरिएको हो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथी संबिधानसभा सदस्य एंव नेपाली काँग्रेसका नेता जगदिश्वरनरसिंह केसीले सम्मान पत्र प्रदान गर्नुभयो ।

पत्रकारिता क्षेत्र मार्फत समाजमा पछि परेका वर्ग, समुदायको आवाजलाई सञ्चार माध्यम मार्फत बाहिर ल्याउन, शिक्षा क्षेत्रको गुणस्तर सहित प्राविधिक एंव व्यावसायिकरण गराउनको लागी निरन्तर कलम चलाउदै आउनुभएका पत्रकार भेटुवाललाई आगामी दिनमा थप सक्रिय र उत्साहको साथ पत्रकारिता क्षेत्रमा योगदान पुराउनुहुने विश्वास गरेको संबिधानसभा सदस्य केसीले बताउनुभयो ।

उक्त अवसरमा पारामाउण्ट एकेडेमी पिए कलेजले पत्रकार रविन थपलिया,नारायण रिमाल, विश्व आचार्यलाई पनि शिक्षा पत्रकार सम्मान २०८१ ले सम्मान गरेको जनाएको छ । यस्तै, साहित्य सम्मान प्रेम कुमार राई (परिचित) लाई प्रदान गरेको कलेज सँस्थापक प्रिन्सिपल मुकुन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web