रोमाञ्चक पहिलो हाफ गोलरहित

फाल्गुन १४, २०८१ मा प्रकाशित | 323 views


काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ गोलविहीन सकिएको छ ।

उपाधिका लागि भिडिरहेका नेपाल र म्यानमारले पहिलो हाफमा केही सुन्दर अवसर खेर फाल्दा खेलमा अग्रता बनाउन सकेनन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलको सुरुदेखि नै दुवै टिमले आक्रामक खेल खेलेका थिए

३५औं र ४३औं मिनेटमा सावित्रा भण्डारी साम्बा र रेखा पौडेलले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

३५औं मिनेटमा रेखाको चलाखीपूर्ण पासमा साम्बालाई गोल गर्ने अवसर मिलेको थियो । तर, उनको प्रहार फितलो हुन पुग्दाम्यानमारको गोलरक्षकलाई लागेर फर्कियो । सोही बललाई पुनः रेखाले जाली चुमाउने मौका पाएकी थिइन् । तर, उनी पनि चुकिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web