म्यानमारविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक

फाल्गुन १४, २०८१ मा प्रकाशित | 316 views

म्यानमारविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक

काठमाडौँ । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा निम्ति नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कप्तानी जिम्मेवारीमा एन्जिला तुम्बाप्पो सुब्बालाई निरन्तरता दिँदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

आज उपाधि भिड्न्तमा नेपालले म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो ।

नेपालको सुरुआती–११
एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), गीता राना, पुजा राना, समिक्षा घिमिरे, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सावित्रा भण्डारी, रेखा पौडेल,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web