नेपालबाट लेबनान माथी १–० को अग्रता

फाल्गुन ८, २०८१ मा प्रकाशित | 199 views

काठमाडौ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तरगत जारी रहेको प्रतिस्पर्धामा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपाल एक गोलले अगाडि छ । पहिलो हाफको अन्त्यतिर नेपालले गोल गरेको हो ।

सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् । अहिले खेलको दोश्रो हाफ चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web