नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

फाल्गुन ४, २०८१ मा प्रकाशित | 196 views


काठमाडौँ । रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार यही १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ ।

क्यानका अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसीबी वा सिएबाट लेभल–३ पार गरेको, कम्तिमा पाँच वर्ष व्यवसायिक रूपमा प्रशिक्षणको अनुभव भएको लगायत मापदण्ड तोकिएको छ । यसअघि मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल गएको माघ १९ मा सकिएपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षकविहिन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web