नुवाकोट आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समिति सर्वसम्मत चयन

माघ २३, २०८१ मा प्रकाशित | 439 views


त्रिशूली । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको दशौँ क्याम्पस सभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुन: श्रीराम श्रेष्ठ सहितको सबै पदाधिकारीहरु सर्वसम्मत चयन गरेको छ ।

शनिबार बट्टार स्थित क्याम्पस हलमा आयोजित सभा पश्चातको अधिवेशनमा अध्यक्ष पदमा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएकोमा अन्य पदाधिकारीहरु पनि बुधवार सम्पन्न अधिवेशनले चयन गरेको हो ।

निर्वाचन अधिकृत सुकुमान डंगोलको अनुसार नुवाकोट आदर्श बहुमुखी क्याम्पसको दशौं क्याम्पस सभा तथा दोस्रो अधिवेशनबाट क्याम्पस सञ्चालकसमितिको अध्यक्ष पदमा श्रीराम श्रेष्ठ सदस्य पदमा निर्विरोध निर्वाचित हुनेमा राजेन्द्र श्रेष्ठ, अच्युतराजमहन्त गिरी, सुरेन्द्र मुडवरी, प्रकाशचन्द्र ढंगाना, भगवती खनाल, ध्रुव ढकाल, मोहन बहादुर खड्का, रामहरिघिमिरे तथा लेखा परीक्षण समितिका संयोजक राजाराम अधिकारी, सदस्य रामकृष्ण गजुरेल, गंगा नेपाली रहेका छन् ।

निर्वाचित अध्यक्ष सहितको पदाधिकारीहरुले बुधवार पद तथा गोपनियताको सपथ सहित बिजयीको प्रमाणपत्र लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web