नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा पुन: श्रीराम श्रेष्ठ सर्वसम्मत

माघ १९, २०८१ मा प्रकाशित | 746 views


त्रिशूली । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको दशौँ क्याम्पस सभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुन: श्रीराम श्रेष्ठ सर्वसम्मत हुनुभएको छ ।

शनिबार बट्टार स्थित क्याम्पस हलमा आयोजित सभा पश्चातको अधिवेशनमा अध्यक्ष पदमा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । निर्वाचन अधिकृत सुकुमान डंगोलको अनुसार उम्मेदवार मनोनयनमा श्रेष्ठको मात्र दरखास्त परेको र दाबी बिरोध नभएकाले उहाँलाई अध्यक्षमा बिजयी भएको घोषणा गरिएको हो ।

यसअघिको अध्यक्ष समेत रहनुभएका उहाँले क्याम्पसको शैक्षिक विकास, संरचना निर्माण, सुशासन एंव पारदर्शितामा उल्लेखनीय सुधार गरेको क्याम्पससभालाई सम्बोधनको क्रममा बताउनुभएको थियो ।

नेपाली काङ्गेस नुवाकोटको जिल्ला सचिव समेत रहनुभएका श्रेष्ठ लेखक, स्तम्भकार, मिलनसार व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् :

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको अध्यक्षतामा शनिवार भएको उद्घाटन समारोहमा प्रमुख अतिथी बागमती प्रदेससभा सदस्य रमेशकुमार महतले नयाँ प्रविधि र सिप विकासमा केन्द्रित शिक्षा प्रदान गर्ने नयाँ कार्यक्रम ल्याउन सुझाब दिनुभयो ।

उहाँले यहाँको विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागी काठमाडौं सहित देशका अरु शहरमा जानुपर्ने बाध्यता हटाउन सक्ने गरेर सम्भावना भएका क्षेत्रमा शैक्षिक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद् सिता मिजारले जिल्लाको प्रमुख शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसलाई शिक्षाको गुणस्तर र सिपयुक्त, दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउन सक्नुपर्ने बताउनुभयो ।

सो अवसरमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले शिक्षाको विकासको लागी नगरको तर्फबाट विगतको जस्तै आर्थिक सहितको सहयोग निरन्तर रहने प्रतिबध्दता जनाउनुभयो ।

कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै क्याम्पससभा सदस्य तथा विदुर-५ का अध्यक्ष लिलानाथ न्यौपानेले प्रविधिमा आधारित शिक्षा, सिप र समयअनुकुल बनाउन लाग्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले बिधामा सभाका सदस्यको सङ्ख्या धेरै भएपनि हुनुपर्ने र समेट्नुपर्नेलाई समावेश गर्न नसकेको भन्दै क्याम्पसको बिधानलाई पनि समयअनुकुल संशोधनको आवश्यकता रहेको बताउनुभयो ।

क्याम्पसमा योगदान पुर्याउनेलाई सम्मान गर्नुपर्ने तर, फोहोरी राजनीति गर्नेहरुबाट भने अलग बनाउन सक्नुपर्ने उहाँले सुझाब दिनुभयो ।

क्याम्पससभा अध्यक्ष श्रेष्ठले क्याम्पस विधि, बिधान र नियमसम्मत रुपमा सञ्चालनमा रहेको बताउदै अहिले बाहिर आएका भ्रामक विषयवस्तु आधारहीन रहेको बताउनुभयो । केहि गलत तथ्य भए प्रमाण सहित सभामा उपस्थित भएर राख्नलाई उहाँले चुनौती दिनुभयो ।

बिधानत : क्याम्पससभा १०१ सदस्य रहने प्राबधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web