नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई

माघ १९, २०८१ 2025-02-01 मा प्रकाशित
Published at 2025-02-01

85 views

काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जनकपुर नाइट्सले जितेको छ । हिजो भएको फाइनल खेलमा काठमाण्डौ माभरिक्सलाई हराउँदै जनकपुर अपराजित रहँदै पहिलो संस्करणको एनकेएल च्याम्पियन बन्यो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा काठमाण्डौ माभरिक्स ४५–४१ ले पराजित भयो । यसअघि जनकपुर २३ अङ्कसहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो ।

उसले लिग चरणमा ४ खेल जित्दा काठमाण्डौसँग बराबरी खेलेको थियो । जनकपुर पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई ३४–३२ ले हराउँदै फाइनलमा पुगेको थियो ।

उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक भएको फ्रेन्चाइज कबड्डी लिगमा मुख्य ६ शहरका टोली सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.