
धुञ्चे । ‘पाचौँ अकिआस खुल्ला फुटसल कप-२०८१’ को उपाधि नुवाकोटको सुर्यगढी नवयुवा क्लबले जितेको छ ।
शैक्षिक,ज्ञानी,बौद्धिक र प्रज्वलित समाज (अकिआस) संस्थाको आयोजनामा “पाँचौँ अकिआस फुटसल प्रतियोगिता” को (मगंलबार) भएको फाइनल खेलमा सुर्यगढीले १–० गोल अन्तरले रसुवा डाँडागाउँको रेड पाण्डालाई पराजित गरेको हो ।
फाइनल खेलमा दुवै समूहका खेलाडीहरूले आक्रामक र समन्वयपूर्ण खेल प्रदर्शन गरेपनि जितको नतिजा भने सूर्यगढीले निकाल्न सफल भयो ।
विजेता टिम सुर्यगढी नव युवा क्लबले ट्रफी,मेडल र प्रमाणपत्र सहित दुई लाख दुई हजार दुई सय बाइस रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छ भने उपविजेता रेड पाण्डाले ,मेडल र प्रमाणपत्र सहित एक लाख एक हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।
समारोहमा प्रमुख अतिथि संविधान सभा सदस्य मोहन आचार्यले आफ्नो छोटो मन्तव्य राख्नु हुँदै आफ्नो तर्फ बाट हुन सक्ने खेलकुदको विकासको निम्ति सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयो।
जिल्लाभित्र छरिएर रहेका खेलप्रेमी युवाहरूलाई एकैथलोमा ल्याएर अध्ययनलाई निरन्तरता दिई खेलकुदको माध्यमबाट अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजक अकियासका अध्यक्ष निवेश श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि खेललाई निरन्तर अगाडि बढाइने अध्यक्ष श्रेष्ठले बताए । साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिएको छ।
समापन समारोहमा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, नौंकुण्ड गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, मध्यवर्ती बनका अध्यक्ष, जिल्ला खेलकुद बिकास समिती अध्यक्ष सहित नेपाल पहरी, सशस्त्र प्रहरी बल, शिक्षक शिक्षाका, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो।
रसुवा जिल्लाकै सर्वाधिक राशिको फुटसल प्रतियोगिताको फाइनल खेल धुन्चे स्थित बालमन्दिर प्राङगणमा माघ ४ गते देखि सञ्चालन भएको थियो ।जहाँ सुर्यगढीले उत्कृष्ट प्रदर्शन गर्दै रेड पाण्डालाई पराजित गर्न सफल भएको हो । प्रतियोगितामा कुल १९ टिमहरूको सहभागिता रहेको थियो।
27.12¡ÆC