राष्ट्रपतिद्धारा ओलम्पिकमा सहभागी हुने टोलीको बिदाइ

साउन ११, २०७३ मा प्रकाशित | 868 views

काठमाडौं, साउन ११ । ब्राजिलको रियो दि जिेनेरियोमा यही साउन २१ गतेदेखि हुन गइरहेको ओलम्पिक सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी छन् ।राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले खेलाडीलाई मंगलबार सफलताको शुभकामनासहित बिदाइ गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाली टोलीका ‘सेफ डे मिसन’ एवं राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरिन् ।

ओलम्पिक खेलकुदमा नेपालका एथ्लेटिक्स खेलाडीहरु हरिकुमार रिमाल र सरस्वती भट्टराई, पौडी खेलाडीहरु शिरीष गुरुङ र गौरिका सिंह, जुडोकी फुपूल्यामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तान सहभागी हुँदैछन् । गौरिका र जीतबहादुरबाहेक अरु ५ खेलाडीहरु नेपाली सेनामा आवद्ध छन् ।

यसैगरी, प्रशिक्षकतर्फ तेक्वान्दोकी संगीना वैद्य, पौडीका ईश्वर कार्की, एथ्लेटिक्सका पुष्प ओझा, जुडोकी देबु थापा र आर्चरीका दीपकराज गुरुङ पनि रियो ओलम्पिकका लागि ब्राजिल जाँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web