सन्दीप लामिछानेलाई क्यानले कारबाही गर्‍यो, एक खेलको प्रतिबन्ध

माघ ८, २०८१ मा प्रकाशित | 284 views


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । वीरगञ्ज र जनकपुरमा भएको जय ट्रफी क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयबारे विवाद गरेको र सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई अनुशासनको कारबाही गरेको हो ।

सन्दीपलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको र मेरिट पोइन्ट समेत घटाइएको क्यानले जएको छ । आचारसंहिताको बुँदा नम्बर २ दशमलव ७ अनुसार क्यान, एसीसी र आईसीसी, खेलाडी, म्याच अफिसियल र टिमका बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web