प्रचण्ड प्रधानमन्त्री हुने भएपछि सेनामा खैलाबैला,यस्तो छ भित्री योजना

साउन ११, २०७३ मा प्रकाशित | 716 views

काठमाडौं,साउन ११ ।  देशको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा नेपाली सेनाले प्रतिक्रिया जनाउँदै यसले सुरक्षा चुनौती थपिने संकेत गरेको छ। सेनाले विद्यमान राजनीतिक तथा सुरक्षास्थितिको सुक्ष्म ढंगले निगरानी गरिरहेको जनाएको हो । आजको नागरिक दैनिकमा खबर छ – प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार सेनाको मुख्यालयमा आयोजित एउटा सामाजिक कार्यक्रममा नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाको लागि प्रतिबद्ध रहेको तथा विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सुक्ष्म ढंगबाट नियालीरहेको बताए ।

सेनामा भएको प्रधानसेनापति काण्डकै कारण सत्ताबाट बाहिरिएका दाहाल सात वर्षपछि प्रधानमन्त्री हुने तयारीमा छन् । उनले पुनः सेनामा फेरबदल वा अन्य हस्तक्षेप गर्नसक्ने सम्भावनाबिरुद्ध सेनाले कडा प्रतिकार गर्ने संकेतका रुपमा प्रधानसेनापतिको भनाई आएको हुनसक्ने सुरक्षा अधिकारीको बुझाई छ ।

सेनाको पर्यावरण सुरक्षामा रहेको भुमिकाका बिषयमा केन्द्रीत रहेको अति औपचारिक कार्यक्रमको सम्बोधनमा प्रधानसेनापति क्षत्रीले राष्ट्रिय सुरक्षा, राजनीतिक घटनाक्रम र आईपरे सामनागर्ने जस्ता गंभिर कुरामा समय खर्चेका थिए । उनले भने ‘कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्नु नेपाली सेनाको दायित्व हो ।’

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले प्रधानसेनापति क्षत्रीले समसामयिक बिषयमा बोलेको र पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा सेनाले नियमित जानकारी राखेको बताए। उनले प्रधानसेनापतिले सुरक्षा चुनौती आए सामाना गर्न सेना तयार रहेको बताए। ‘चिफ सापले समसामयिक घटनाक्रमका बिषयमा सेनाको भूमिका र दायित्वका बिषयमा बोल्नु भएको हो, त्यस्तो खास केही छैन,’ उनले नागरिकसँग भने ।

पछिल्लो राजनीतिक घटनाक्रमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने तय भएको छ। सेनामा भएको प्रधानसेनापति काण्डकै कारण सत्ताबाट बाहिरिएका दाहाल सात वर्षपछि प्रधानमन्त्री हुने तयारीमा छन् । उनले पुनः सेनामा फेरबदल वा अन्य हस्तक्षेप गर्नसक्ने सम्भावनाबिरुद्ध सेनाले कडा प्रतिकार गर्ने संकेतका रुपमा प्रधानसेनापतिको भनाई आएको हुनसक्ने सुरक्षा अधिकारीको बुझाई छ।

‘आफ्ना सहकर्मी उच्च सैन्य अधिकारीलाई आउनसक्ने घटनाक्रमका बिषयमा पूर्व तयारीका लागि निर्देशन र सर्वसाधारणमा पूर्व सुचना दिने सेनाको शैली हो,’ ती अधिकारीले भने । कार्यक्रममा सेनाका रथी तथा उच्च सैन्य अधिकारी उपस्थित थिए ।

यसअघि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी मुख्यालयमा साउन दुई गते आयोजित कार्यक्रममा संगठनका चुनौतीहरु बढेकाले देशको सुरक्षा ब्यवस्थापनमा तयार रहन निर्देशन दिएका थिए। मुख्यालयमा एसपीबाट एसएसपीमा बढुवा भएका प्रहरी अधिकारीलाई फुली लगाउने संक्षिप्त कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले संगठनलाई मजबुत बनाउन र अगाडि बढाउन ऐक्यबद्धताको आवश्यकता पर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web