त्रिशूली । नुवाकोट क्रिकेट संघको हालै बसेको बैठकले चारवटा महत्वपूर्ण निर्णय गरेको छ । संघका नुवाकोट अध्यक्ष दुर्गाराज पाठकको अध्यक्षतामा बसेको बैठकले गरेको चार बुँदे निर्णयले नुवाकोटको क्रिकेट खेललाई पालिकास्तरसम्म विस्तार हुने निश्चित गरेको हो ।
संघका नुवाकोट सचिव करण खतिवडाको अनुसार आइतबार बसेको बैठकले नुवाकोट क्रिकेट संघले माघको तेश्रो साता बाह्रौँ अन्तर विद्यालय जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने, नुवाकोट जिल्लामा क्रिकेटको विकास र विस्तार गर्नका लागि जिल्लामा रहेका सबै स्थानीय तहमा पालिकास्तरीय क्रिकेट समिति गठन गर्ने, नुवाकोट जिल्लामा रहेका सबै पालिकामा Level-o को प्रशिक्षक प्रशिक्षण कोर्ष सञ्चालन गर्ने र नुवाकोट जिल्ला भित्र Level-O को अम्पायर प्रशिक्षण कोर्ष सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपाल र नुवाकोट जिल्लामा पछिल्लो समयमा क्रिकेट खेल प्रतिको आकर्षण बढेसगैँ क्रिकेट संघ नुवाकोटले जिल्लास्तरीय हुदै पालिकास्तरीय रुपमा खेल र खेलाडीको प्रबद्र्धन हुने कार्यक्रम सञ्चालन गर्न लागेको अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।
यस्तो छ बैठकले गरेको निर्णयको प्रेस विज्ञप्ती :

बैठक सम्बन्धिको गतिविधि :



28.12¡ÆC