नेकपा माओवादी केन्द्र विदुर नगर अध्यक्षमा भोजराज पनेरु सर्वसम्मत

पुस २२, २०८१ मा प्रकाशित | 543 views


पिपलटार । नेकपा माओवादी केन्द्रको विदुर नगर कमिटी अध्यक्षमा भोजराज पनेरु सर्वसम्मत चयन हुनुभएको छ ।

बिहीबार भएको नगरसभाले ५५ सदस्य नगर कमिटी सदस्यहरु चुनेको भएपनि पदाधिकारी टुङ्गाउन बाँकी रहेकाले सोमबार विदुर–५ तल्लोपिपलटार निवासी भोजराज पनेरुलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यसअघि सचिवको जिम्मेवारीमा रहनुभएका उहाँलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

अध्यक्ष –  भोजराज पनेरु
उपाध्यक्ष
1 सन्जिब थपलिया
2 दिनेश बोगटी
3 ठाकुर वस्ती
सचिव –  भवानी पाठक
सह सचिव-  श्याम ब. रोक्का
कोषाध्यक्ष-  धिरज बिक

सामाजिक व्यक्तित्व, सहकारी अभियन्ता एंव सबैसंग मिलनसार ब्यबहार गर्ने भएकाले उहाँको नेतृत्वमा रहेको विदुर नगरपालिकामा आगामी दिनमा नेकपा माओवादी केन्द्रको संगठन थप बलियो हुदै पार्टीको गतिविधि अझै सुदृढिकरण हुने विश्वास नगर कमिटीका सदस्यहरुले लिएका छन् ।

पुस १८ गतेको नगर सम्मेलनको उद्घाटन समारोहको गतिविधि तस्बिरमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web