
कल्याणपुर । विदुर नगरपालिका वडा नं. १३ स्थित सामरी खोलामा पक्कि पुलको निर्माण थालिएको छ । निर्माण थालिएको पक्कि पुलको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले मंगलबार शिलान्यास गर्नुभएको हो ।
नगरप्रमुख श्रेष्ठले उक्त स्थानमा आवश्यक रहेको पक्कि पुलको लागी नगरमा बजेटको श्रोत नभएकाले माथिल्ला निकायमा गरिएको निरन्तरको पहलको क्रममा बागमती प्रदेस सरकारबाट बजेट प्राप्त भएर पुल निर्माण सुरु गर्न थालिएको जानकारी दिनुभयो ।
पुल निर्माणको जिम्मेवारी पाएको निर्माण व्यावसायीलाई तोकिएको अवधिभित्र गुणस्तरीय काम सहित सम्पन्न गर्नको लागी नगरप्रमुख श्रेष्ठले निर्देशन दिनुभएको छ । उक्त कार्यमा तोकिए अनुसारको काम गराउनको लागी सराकोरावाला उपभोक्तालाई पनि चनाखो हुन उहाँले आग्रह गर्नुभयो ।
नयाँ निर्माण थालिएको पक्कि पुलको लागी बजेटको सुनिश्चितता भने बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामाको पहलमा भएको हो । निर्माण थालिएको पुल कैलाश विल्डर्स एण्ड सप्लायर्स प्रालीलाई ३ करो १६ लाखमा बनाउन जिम्मा दिइएको छ ।

उक्त पुलको गएको जुन १८ तारिखमा भएको थियो । पुल निर्माणको लागी अब एक वर्षको अवधि अर्थात आगामी वर्षको डिसेम्बर भित्र सम्पन्न गरिसक्नुपर्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिनुभयो । पुल शिलान्यास कार्यक्रममा विदुर– १३ का अध्यक्ष भरत तामाङ लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

22.41¡ÆC