नेपाल ओलम्पिक कमिटीको चुनाव सम्पन्न

पुस १४, २०८१ 2024-12-29 मा प्रकाशित
Published at 2024-12-29

67 views

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । हिजो अनलाइनमार्फत गरेको चुनावबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको र अध्यक्ष बाहेकका बाँकी पदमा निर्विरोध भएको कमिटिले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

एनओसीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत चुनाव गरेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै हिजोका लागि तय भएको चुनाव नगर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले चुनाव रोक्न आदेश दिएसँगै युवा तथा खेलकुद मन्त्रालयले पनि चुनावमा सहभागी नहुन निर्देशन दिएको थियो ।

ट्रायथलन, फुटबल, फेन्सिङ, एथ्लेटिक्स, कुस्ती, सुटिङ, हक्की गरि सात वटा संघका प्रतिनिधिले चुनाव बहिष्कार गरेका छन् । अदालत र सरकारले चुनाव नगर्न भनेपछि आईओसीको रोहबरमा अनलाइन निर्वाचन गरेको एनओसीको दाबी छ ।

यसैबीच युवा तथा खेलकुद मन्त्रालयले ओलम्पिक चुनावमा सहभागी हुने खेल संघलाई स्पष्टिकरण सोधेको छ । अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटिको मतदान प्रकृयामा सहभागी भएका २० वटा खेल संघलाई कारबाहीका लागि स्पष्टिकरण सोधेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.