नेपाली काँग्रेसको विधि, नीति र सिद्धान्त बलियो छ : नेका प्रवक्ता डा.महत

पुस १३, २०८१ मा प्रकाशित | 527 views


घ्याङस्वारा, नुवाकोट । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विधि र नीतिमा नेपाली काँग्रेस अडिग रहेको बताउनुभएको छ ।
नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा शनिबार नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा ‘नेपाली काँग्रेसको एकसय दिने कार्यक्रम’ अन्तरगत प्रशिक्षण दिदै पाटी स्थापना गर्ने सँस्थापक नेताहरुको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पाटीको छवी कायम राख्न काँग्रेस सफल हुदै आएको बताउनुभयो ।

“राणादेखि पञ्चायतकालीन समयअवधिमा काँग्रेसका नेतालाई सत्ताको नेतृत्व गर्न देखाएका प्रलोभनमा नवनिर्वाचित हुदाँको बखतमा बाहेक स्वार्थ राखेर कहीँकतैँ नेतृत्व लालायित भएको काँग्रेसको इतिहास छैन ।” प्रवक्ता महतले भन्नुभयो “नेपाल तरुण दल सहित पाटीको भातृ सँस्थामा आबद्ध युवाले काँग्रेस हुनुमा गर्व गर्नुपर्छ ।”

नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पाटीमा कारबाही, निलम्बन र निष्कासन हुने गरेको भन्दै वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्धतीको अभ्यास, विधिको शासन, नीति र व्यवस्था कार्यान्वयनमा काँग्रेसको विधि र नीति बलियो रहेको उहाँले दाबी गर्नुभयो ।

प्रशिक्षणमा प्रतिनिधिसभा सदस्य सिता मिजार, काँग्रेस नुवाकोट सभापति रमेशकुमार महत, काँग्रेस नेता डा.केदारनरसिंह केसी, काँग्रेस नेता प्रमोदहरि गुरागाई, काँग्रेस बागमती प्रदेस कार्यसमितिका प्रवक्ता तिलक रुवाली, रसुवा सभापति प्रभात तामाङ, नेपाली काँग्रेस नुवाकोट जिल्ला उपसभापति तथा तादी गाँउपालिका अध्यक्ष सन्तमान तामाङ, १ नं क्षेत्रीय सभापति तथा लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठ,तरुण दल १ नंं क्षेत्रीय अध्यक्ष शरण घले, महिला संघ नुवाकोट अध्यक्ष सरिता आचार्य लगायतका वक्ताहरुले पाटीमा युवाको सहभागिताका लागी भातृ सँस्थालाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।

पाटीमा कार्यकर्ता उत्पादनको लागी नर्सरीको रुपमा रहेका नेपाल विद्यार्थी संघ, तरुण दल लगायतमा धेरैभन्दा धेरै सदस्य आबद्ध गराउनलाई जोड दिनुपर्ने उहाँहरुको सुझाब छ ।

कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web