रुसलाई प्रतिबन्ध लगाउन अस्वीकार,पूर्ण प्रतिबन्धबाट जोगियो

साउन १०, २०७३ मा प्रकाशित | 873 views

एजेन्सी,साउन १० । आसन्न रियो ओलम्पिकमा रुसका एथ्लेटिक्सबाहेकका अरु खेलाडी सहभागी हुन पाउने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिति आइओसीले रियो ओलम्पिकमा रुसलाई पूर्ण रुपले प्रतिबन्ध लगाउन अस्वीकार गरेसँगै एथ्लेटिक्सबाहेकका अरु खेलाडी सहभागी हुन पाउने भएका हुन् ।  अब रियो ओलम्पिकमा समावेश गरिएका हरेक खेलका विश्व संस्थाले रुसबारे अलग अलग निर्णय गर्नुपर्नेछ । अन्तराष्ट्रिय एथ्लेटिक्स महांसघ आई.ए.ए.एफ.ले यसअघि नैं रुसी एथ्लेटिक्स खेलाडीहरुलाई प्रतिबन्ध लगाइसकेको छ ।

तर अझै पनि रुसले रियो ओलम्पिकमा सहभागिता जनाउनेमा भने शंका छ । आइओसीले विभिन्न खेलका विश्व संगठनले नै रुसलाई ति खेलका लागि ओलम्पिकमा सहभागिता जनाउन दिने नदिने बारे निर्णय गर्ने अधिकार दिएको छ । सम्बन्धित खेलका विश्व संगठनले रुसका खेलाडी डोपिङ मुक्त रहेको जनाएमा त्यो खेलमा रुसले सहभागिता जनाउन पाउने छ । ब्राजिलमा हुने रियो ओलम्पिक अगस्ट पाँचमा सुरु हुँदैछ । सन् २०११ देखि २०१५ सम्ममा सरकारकै सहयोगमा रुसी खेलाडीले व्यापक स्तरमा शक्ति वर्धक औषधि लिएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web