१० साउन,काठमाडौं ।

विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । वन्दकर्ता सडकमा नदेखिएपनि सार्वजनिक सवारी साधन न्यूनमात्रामा चलेका छन् । बन्दकर्ताले दुई वटा ट्याक्सीमा आगजनि गरेका छन् । बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो भने सामाखुसीमा बा १ ज२८६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो ।

ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगोलगाइ भागेको प्रहरीले जनाएको छ । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म काठमाडौंबाट ८३ बन्दकर्ता पक्राउ परेको उनले जनाएका छन् । माओवादीले हिजो साँझ रत्नपार्कमा गरेको र्यालीबाट डेढ सय कार्यकर्ता पक्रिएको र राति छानिएको जनाएको छ । सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले गरेको नेपाल बन्द गरेको हो ।

28.12¡ÆC