जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

पुस ३, २०८१ 2024-12-18 मा प्रकाशित
Published at 2024-12-18

63 views

काठमाडौँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ ।

आज भएकाे पहिलाे क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायाे । जनकपुरले दिएकाे १ सय ४० रनकाे लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका विनाेद भण्डारीले ५८, सेफ अली जेबले ३२ रन बनाए । जनकपुरका ललित राजवंशी र किशाेर महताेले १/१ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायाे । जनकपुरका जेम्स नीशमले ४५ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

याे खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे माैका पाउनेछ । अब जनकपुरले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा भाेलि कर्णाली याक्ससँग खेल्नेछ । याे खेलमा विजयी हुने टाेलीले उपाधिका लागि सुदूरपश्चिमसँग खेल्नेछ । एनपीएलमा आज बिहान भएकाे इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ ।

फाइनल खेल आउँदो शनिवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.