एनपीएलमा आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन खेल्दै

मंसिर २३, २०८१ मा प्रकाशित | 295 views


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । बिहान नौ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् ।

जनकपुर तीन खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान तीन खेलमा पराजित लुम्बिनी तालिकाको पुछारमा छ ।

यस्तै दिउँसो एक बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ । तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा र तीन मध्य दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा छ ।

एनपीएलमा हिजो भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्‍याे भने सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web