<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन ९ । नयाँ सरकार गठनका लागि बाटो खुल्ला भएको छ । मन्त्रिपरिषदद्वारा बाधा अड्काउन फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्री पदमुक्त भएमा संसद रहँदासम्म अर्को प्रधानमन्त्री निर्वाचित गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।</span><br></p><p>मन्त्रिपरिषद्को यो सिफारिससँगै ओलीले सिंहदरबार छोड्ने र नयाँ सरकार गठन हुने मार्ग प्रशस्त भएको छ। राष्ट्रपति भण्डारीले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्ककमल दाहालसँग छुट्टाछुटै भेटी आफूले विवादमा पर्ने काम नगर्ने बताएकी थिइन्। </p>
24.12¡ÆC